मध्यमोदी जलविद्युतको परीक्षण उत्पादन

पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु भएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले २०७१ सालको मंसिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब चार अर्ब रूपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन […]

सम्बन्धित सामग्री

माथिल्लो स्याँगेखोला जलविद्युतको परीक्षण उत्पादन

लमजुङमा निर्माण भएको २.४ मेगावाटको माथिल्लो स्याँगेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । मस्र्याङदी गाउँपालिका–४ मिप्रामा निर्माण सम्पन्न भएको आयोजनाको शुक्रबार परीक्षण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाका इन्जिनियर जीवन केसीका अनुसार आयोजनाको शुक्रबार एक दिन परीक्षण भएको छ ।

३ जलविद्युत् आयोजनाको १०.६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडियो

माघ ८, खोटाङ । खोटाङका तीन ओटा जलविद्युत् आयोजनाबाट उत्पादित् १० दशमलव ६ मेगावाट(मेवा) विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाईड्रोपावरगरी १० दशमलव ६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६ दशमलव ६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।            जिल्लाका फरक–फरक तीन ओटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए। साप्सुखोला जलविद्युत् आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब १ अर्ब ५० करोड रुपैयाँ खर्चमा सञ्चालनमा ल्याइएको हो ।            राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत् तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताए ।            उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीवारेमा निर्माण गरिएको हेडड्रेसबाट २ हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए।            राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब ६० करोड रुपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको बताइएको छ । विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।            यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाण्डूको ४० प्रतिशतगरी करीब २२ करोड रुपैयाँको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । मेवाखोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            १० ओटा स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत् खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताए ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०६८ जनगणनाअनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन् । उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत् पुगेको छैन ।            यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत् विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारणलाइनका विद्युत् नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत् खपत भइरहेको छ । रासस

साप्सुप खोला जलविद्युतको परीक्षण सुरु

खोटाङमा निर्माणाधीन साप्सुप खोला साना जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजना निर्माण सुरु भएको २२ महिनामा सबै संरचना तयार गरेर शनिबारदेखि परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणको टोली शुक्रबारै आयोजनास्थल पुगेको छ ।विद्युत आयोजना र थ्री स्टार हाइड्रोपावर लिमिटेडले निर्माण गरेको हो । कम्पनी अध्यक्ष कुमार खरेलका […]