लमजुङमा निर्माण भएको २.४ मेगावाटको माथिल्लो स्याँगेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।
मस्र्याङदी गाउँपालिका–४ मिप्रामा निर्माण सम्पन्न भएको आयोजनाको शुक्रबार परीक्षण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाका इन्जिनियर जीवन केसीका अनुसार आयोजनाको शुक्रबार एक दिन परीक्षण भएको छ ।