माथिल्लो तामाकोशी जलविद्युतको परीक्षण विद्युत् उत्पादनको प्रधानमन्त्रीले उद्घाटन गर्ने

असार २०, दोलखा । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण विद्युत उत्पादनको सोमवार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको विद्युत् उत्पादन परीक्षणको उद्घाटन गर्नु हुने छ । अपरान्ह चार बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट आयोजनाको परीक्षण उत्पादन शुरुवात गर्ने कार्यको उद्घाटन गर्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले अभियान दैनिकसँगको कुराकानीको क्रममा बताए । प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात आयोजनाका छ ओटा युनिट मध्ये एक युनिटबाट ७६ मेघावाट विद्युतको परीक्षण उत्पादन शुरु हुने छ । आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको  ४७ दशमलव २ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गर्ने काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । २०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको  विसं २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिव ११ बर्षपछि तामाकोशीको पहिलो युनिटवाट विद्युत् उत्पादन हुन लागेको छ ।  आयोजनाका अन्य अरु पाँच ओटा युनिटबाट विद्युत् उत्पादन गर्नकालागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ । सुख्खा यामका लागि रोलवालिङ डाइभर्सनबाट पानी ल्याउन आवश्यक रहेकोले डाइभर्सन बनाउनको लागि आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाको भनाइ छ ।

सम्बन्धित सामग्री

हकप्रद सेयरको आवेदन खोल्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

दोलखा, भदौ १ । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत […]

माथिल्लो तामाकोशी जलविद्युत्को हकप्रद सेयरको आवेदन खुला हुँदै

दोलखा : दोलखामा निर्माण भएको ४५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गते खुला गरिने भएको छ।राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। कम्पनीले आज (बिहीबार) सूचना जारी गर्दै १:१ को अनुपातमा अर्थात व

माथिल्लो तामाकोशी एक साता बन्द हुने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । दीपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षे

माथिल्लो तामाकोशी एक साता बन्द हुने

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो ।  दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको […]

प्रधानमन्त्री देउवाद्वारा माथिल्लो तामाकोशी आयोजना निरीक्षण (फोटोफिचर)

दोलखा, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल शनिबार दोलखामा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं , ५ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् । देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् । त्यसपछि खिम्ती जलविधुत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र […]

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले आत्मविश्वास बढाएको छ : प्रम

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् । कूल ४५६ मेगावाट क्षमताको

सोमबारदेखि बल्दै माथिल्लो तामाकोशी

काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारदेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको परियोजनाले पहिलोपटक युनिटबाट बिजुली उत्पादन गर्ने भएको हो। सो आयोजनाको सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। आयोजनाको पहिलो युनिटको क्षमता ७६मेगावाट रहेको छ। आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।

जोखिममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना

काठमाडौं। तिब्बतमा गएको पहिरोले तामाकोशी नदी थुनिँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना जोखिममा परेको छ। थुनिएको नदी फुटेर बाढीको रुपमा आएमा आयोजनाको जोखिम थप बढ्ने छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आफूहरुले उच्च सतर्कता अपनाइरहेको देखापढीलाई जानकारी दिए। उनले भने, "हामीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको ड्याम खाली गरिसकेका छौं।"