विराटनगर : मोरङको विराटनगरमा रहेको माच्छापुच्छ्रे बैंक लिमिटेडको कञ्चनबारी शाखाको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार पक्राउ परेका कालिकोटेले आइतबार एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए।उनले राति एटिएम तोडफोड गरिरहेको सूचना प्राप्त भएपश्चात प्रहरीले पक्राउ गरेको प्र