बाँके : चालु आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा ४४ जना कुष्ठरोगी फेला परेका छन्। आठ स्थानीय तहका विभिन्न स्थानमा नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए।उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन्। नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन्। राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन्।गत आर्थिक वर्षमा बाँक