४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उहाँको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा […]

सम्बन्धित सामग्री

बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन। बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।  बोरिस…

नियुक्त भएको ४५ दिन मै बेलयाती प्रधानमन्त्रीद्वारा राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्। नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन्। ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।उनी पछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।तत्कालिन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनि बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू शुरू भएका थिए। त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरी नै आक्रोशको रूप लिएको थियो।बुधवार राती संसदको तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रकृया सम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन झन चर्को हुँदै गएको थियो। प्रमुख विपक्षी दल लेबरका नेता किर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्। लिज ट्रसअघि यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए। कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन्। उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए।

लिज ट्रसद्वारा ४५ दिनमै बेलायतकाे प्रधानमन्त्रीबाट राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्वबाट राजीनामा दिन लागेको जानकारी दिएको बताइन् ।  अब आगामी साताबाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुनेछ । जम्मा ४५ दिन सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय प्रधानमन्त्री भएकी छन् ।