नियुक्त भएको ४५ दिन मै बेलयाती प्रधानमन्त्रीद्वारा राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्। नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन्। ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।उनी पछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।तत्कालिन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनि बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू शुरू भएका थिए। त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरी नै आक्रोशको रूप लिएको थियो।बुधवार राती संसदको तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रकृया सम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन झन चर्को हुँदै गएको थियो। प्रमुख विपक्षी दल लेबरका नेता किर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्। लिज ट्रसअघि यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए। कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन्। उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए।

सम्बन्धित सामग्री

नेपालबाट राजीनामा घोषणा गरे लगत्तै पुबुदु क्यानाडाको प्रशिक्षकमा नियुक्त

नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका दासानायेके क्रिकेट क्यानाडाको हेड कोच नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ।...

नेपालमा राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त

काठमाडौँ। नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त भएका छन् । क्रिकेट क्यानडाको अफिसियल फेसबुक अकाउन्टमा सो जानकारी दिइएको हो । दाशानायकेले आज पत्रकार सम्मेलन गर्दै नेपालको क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनले स्कटल्यान्डको टुरभन्दा अगाडि नै राजीनामा बुझाएको नेपाल क्रिकेट सङ्घले जनाएको छ । दाशानायके श्रीलंकन मूलका क्यानेडियन […]

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । […]

श्रीलंकाका नयाँ अर्थमन्त्रीले नियुक्तिको भोलिपल्टै दिए राजीनामा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले नियुक्त भएको एक दिन पनि पूरा नहुँदै पदबाट राजीनामा दिएका छन्। सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अली साब्रीले मन्त्री नियुक्त भएको २४ घण्टा पनि नपुग्दै मंगलबार बिहान राजीनामा दिएका हुन्।उनीसँगै सोमबार अरु ३ जना गरी ४ मन्त्रीले शपथ लिएका थिए। तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोतबाया राजापाक्षले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।अहिलेको सांसदभन्दा बाहिरका व्यक्ति सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरक

श्रीलङ्का : नियुक्त भएकाे एक दिनमै अर्थ मन्त्रीद्वारा राजीनामा

श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो साेमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो ।  साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भ...

श्रीलंका संकट : नियुक्त भएको दुई दिनमै अर्थमन्त्रीले दिए राजीनामा

चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले राजीनामा दिएका छन्। एकदिन अघि अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका हुन्। आर्थिक संकटका कारण बढ्दो सरकारविरुद्ध प्रदर्शन पछि प्रधानमन्त्री महिन्दा राजापक्षेबाहेक सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि साबरीलाई संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी सहित अर्थमन्त्री बनाइएको थियो। उनले राष्ट्रपति गोटाबाया राजापक्षेलाई…

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् । ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हु

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।  वागमती प्रदेशमा अष