नेकपाको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका कामहरू टुंग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष नेपालकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम पूरा गर्न र प्रदेश र जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति उनकै संयोजकत्वमा एउटा कार्यदल बनाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
आजको बैठकमा पार्टी एकीकरणका कामहरू पूरा गर्ने, संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाएर अघि बढ्ने लगायतका एजेण्डामा छलफल भएको थियो ।
अर्...