आइफोनको सबैभन्दा ठूलो कारखानामा कोरोना कहर, चीनले काममा बोलायो पूर्व सैनिकलाई

२ मंसिर, काठमाडौं । कोरोना महामारीको प्रकोपबाट बँच्नका लागि चीनले अहिले देशका विभिन्न क्षेत्रहरुमा कडा लकडाउन गरिरहेको छ । यसले मुलुकको आर्थिक गतिविधि नराम्रोसँग प्रभावित भैरहेको छ । यसरी प्रभावित हुने आइफोनको उत्पादन पनि परेको छ । चीनको झेंगझोउमा आइफोन उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कारखाना छ । विश्व बजारमा पुग्ने ७० प्रतिशत आइफोन यहीँ […]

सम्बन्धित सामग्री

चीनमा कोरोना कहर, अस्पतालमा शवको थुप्रो !

एजेन्सी । चीनमा फेरि एकपटक कोरोनाले कहर मच्चाएको छ । लगातार कोरोना संक्रमित बढिरहेका छन् । संक्रमणको सबैभन्दा ठूलो कारण कोरोनाको नयाँ भेरियन्ट विएफ ७ हो, जसलाई धेरै खतरनाक मानिएको छ।

प्रदेश १ मा थप ६१७ जनामा कोरोना पुष्टि

सामाजिक विकास मन्त्रालयको कोभिड-१९ दैनिक प्रतिवेदनले सोमबार प्रदेश एकमा ६ सय १७ कोरोना संक्रमित थपिएको जनाएको छ । तेस्रो चरणको कोरोना कहर सुरु भएयता एकै दिनमा थपिएको यो संक्रमितको सबैभन्दा ठूलो संख्या हो ।

अगाडि बढ्न प्रकृतिको पूजा

क्काइसौँ शताब्दीको तीव्रतर विकासको गतिमा दौडिरहेको विश्व अचानक कोभिड–१९ को कब्जामा नराम्ररी जकडियो । करोडौँ मान्छेहरू यो महारोगको शिकार भए भने लाखौँले अमूल्य जीवन गुमाए । विकासको महारथ गुडाउने नाममा प्रकृतिमाथिको ज्यादती खपिनसक्नु स्थितिमा पुगेको पूर्व सङ्केत हो, यो कोरोना कहर । धेरै लामो समयसम्म हामीले सामाजिक आर्थिक विकासलाई मात्र आफ्नो मूल ध्यय बनायौँ । प्रकृति, वातावरण र त्यसभित्र रहेको जैविक विविधतालाई हामीहरूले मात्र कर्म काण्डीय परम्परा सम्झेर एउटा सानो भूमिका निर्वाह गरेजस्तो मात्र गरिरह्यौँ युगौँदेखि । हामीले हाम्रो उपलब्ध सामग्री र प्राविधिक समाधानमा अलि धेरै भरोसा ग¥यौँ, जसले हाम्रो जीवनशैलीलाई असुरक्षित मात्र बनाएन । पृथ्वी ग्रह हाम्रा लागि बस्न नसकिने मोडमा आइपुगेको सङ्केत हो, यो । अब हामी दुई ठूला चुनौतीहरूको सामना गरिरहेका छौँ, जसमध्ये कोभिड महामारी मात्र पछिल्लो परिणाम हो । जबसम्म हामी वस्तुहरू एकदम परिवर्तन गर्न तयार हुँदैनौँ, यो अन्तिम हुँदैन । भलै कोभिड–१९ को खोपले नयाँ तरङ्ग ल्याइरहे पनि मौसम परिवर्तनको ‘खोप’ आजको सबैभन्दा ठूलो चुनौती हो । हामीले खाने वस्तुहरू, प्रयोग गर्ने सरसामानहरू चढ्ने कारदेखि प्रयोग गर्ने ऊर्जासम्मका यावत कुराहरूलाई वातावरणसँग जोडेर हेर्न, बुझ्न ढिला भइसकेको सङ्केत हो कोभिड १९ ।

विपद्मा सरकार फाल्ने कि देखाउने ?

यतिबेला कोरोना कहर यो शताब्दीकै सबैभन्दा ठूलो महामारीका रूपमा देखापरेको छ । दैव लाग्दा कस्तो हुन्छ भन्ने कुरा संसारका सानाठूला सबै मुलुक र धनी, गरिब सबै मानवले राम्रोसँग अनुुभव गर्न पाएका छन् । बुुझ्नेलाई इसारा काफी, कोरोना कहरबाट थोरैमा धेरै पाठ सिक्नुपर्ने हो, कसले कति सिक्यो आगतको व्यवहारले प्रस्टयाउला नै । अझै पनि कसैले आफूलाई …

आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन, लकडाउनमा पनि काम धमाधम

नियमित काम हुन पाएको भए देशकै सबैभन्दा ठूलो सबस्टेसन गत चैतको अन्तिम सातादेखि नै सञ्चालनमा आइसक्ने थियो । देश तथा विदेशमा कोरोना कहर फैलिएपछि काम रोकियो । निर्माण सामग्री आउन पाएन, चिनियाँ प्राविधिक आफ्नै मुलुकमा रोकिए । सोही कारण मुलुकको हालसम्मकै सबैभन्दा ठूलो सबस्टेसन निर्माणको काममा समेत गत्यावरोध पैदा भयो । पछिल्ला दिनमा सरकारले सामाजिक दूरी कायम गरेर निर्माणाधिन आयोजना सञ्चालनमा ल्याउन दिने विधि बनाएपछि धनुषामा निर्माणाधीन ४००/२०० केभी क्षमताको ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम अगाडि बढेको छ । कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेकोछ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ ।