क्काइसौँ शताब्दीको तीव्रतर विकासको गतिमा दौडिरहेको विश्व अचानक कोभिड–१९ को कब्जामा नराम्ररी जकडियो । करोडौँ मान्छेहरू यो महारोगको शिकार भए भने लाखौँले अमूल्य जीवन गुमाए । विकासको महारथ गुडाउने नाममा प्रकृतिमाथिको ज्यादती खपिनसक्नु स्थितिमा पुगेको पूर्व सङ्केत हो, यो कोरोना कहर ।
धेरै लामो समयसम्म हामीले सामाजिक आर्थिक विकासलाई मात्र आफ्नो मूल ध्यय बनायौँ । प्रकृति, वातावरण र त्यसभित्र रहेको जैविक विविधतालाई हामीहरूले मात्र कर्म काण्डीय परम्परा सम्झेर एउटा सानो भूमिका निर्वाह गरेजस्तो मात्र गरिरह्यौँ युगौँदेखि । हामीले हाम्रो उपलब्ध सामग्री र प्राविधिक समाधानमा अलि धेरै भरोसा ग¥यौँ, जसले हाम्रो जीवनशैलीलाई असुरक्षित मात्र बनाएन । पृथ्वी ग्रह हाम्रा लागि बस्न नसकिने मोडमा आइपुगेको सङ्केत हो, यो । अब हामी दुई ठूला चुनौतीहरूको सामना गरिरहेका छौँ, जसमध्ये कोभिड महामारी मात्र पछिल्लो परिणाम हो । जबसम्म हामी वस्तुहरू एकदम परिवर्तन गर्न तयार हुँदैनौँ, यो अन्तिम हुँदैन । भलै कोभिड–१९ को खोपले नयाँ तरङ्ग ल्याइरहे पनि मौसम परिवर्तनको ‘खोप’ आजको सबैभन्दा ठूलो चुनौती हो । हामीले खाने वस्तुहरू, प्रयोग गर्ने सरसामानहरू चढ्ने कारदेखि प्रयोग गर्ने ऊर्जासम्मका यावत कुराहरूलाई वातावरणसँग जोडेर हेर्न, बुझ्न ढिला भइसकेको सङ्केत हो कोभिड १९ ।