काठमाडौं : सर्पको टोकाइबाट पछिल्ला ५ वर्षयता १०५ जनाले अकालमै ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गतेसम्मको सर्प टोकाइको तथ्यांकअनुसार १६४ घटना घट्दा १०५ जनाको मृत्यु भएको छ।सर्पको टोकाइबाट ६६ जना घाइते भएका छन् भने प्रभावित परिवार संख्या १६५ रहेको छ। प्राधिकरणले यो तथ्यांक प्रहरीमार्फतमात्रै जानकारी आएको र अझै धामीझाँक्रीको भरपर्ने विश्वास भएकाले त्यहाँ जाँदा मृत्यु हुनेको संख्या झनै बढ्न सक्ने जनाएको छ।पछिल्लो