मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध महानगर भवन अगाडि बिहीवार प्रदर्शन गरिएको छ। प्रमुख पराजुलीले बुधवार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएका थिए। उनीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी समेत गरेका थिए। बुधवार राति…

सम्बन्धित सामग्री

जब सुकुम्बासी बस्तीमा लाग्यो बालेन साहविरुद्ध चर्को नारा

१२ मंसिर, काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयबासिन्दाले घरेलु हतियारसहित प्रतिकार गर्नुका साथै चर्को नाराबाजी गरेका छन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध पनि नाराबाजी गरेका हुन् ।घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्रीविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् । यसअघि बैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले […]

नेपालगन्जमा नारा– 'हिन्दू-मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई'

हिन्दू राज्यको माग गर्दैआएको राप्रपाका मेयर उम्मेदवार धवलशमसेर राणाले मुस्लिम समुदायको निर्णायक मत रहेको नेपालगन्ज उपमहानगरपालिकामा फराकिलो अन्तरले जिते । मंगलवार अपरान्ह निस्केको राप्रपाको विजय जुलुसमा नारा लाग्यो, ‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई ।'