आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ वटा उपकेन्द्र थपिँदा हुम्लामा ५४ वटा मतदान केन्द्र हुने भएका छन् । मतदाता संख्याका आधारमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका ७ को टुलिङ र ताँजाकोट गाउँपालिका ३ थापागाउँमा २ वटा उपकेन्द्र थप्दा जिल्लामा ५४ मतदान केन्द्र भएको जिल्ला निर्वाचन आयोग हुम्लाले जनाको छ ।