झापाका व्यापारी ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ

विराटनगर / झापाको गौरादह ठेगाना भएका एक व्यापारी लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित शनिबार विराटनगरबाट पक्राउ परेका छन् । गौरादह नगरपालिका–८ स्थायी ठेगाना भई दमकमा बसोबास गर्दै आएका नामुद व्यापारी ३६ वर्षीय किसन अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो ।... The post झापाका व्यापारी ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ appeared first on Purbeli News.