काठमाडौं : चौथो शक्तिको रुपमा स्थापित मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको सँघारमा छ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने या नजाने विषयमा जसपा अब फुट्न मात्र बाँकी छ। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव समूह ओली सरकारलाई कुनै हालतमा समर्थनसमेत नगर्ने पक्षमा छन् भने पूर्वराजपा समूह भने सरकारमा जान खुट्टा उचालेर बसेको छ। जसपाका बाबुराम–उपेन्द्र पक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगागी