प्रधानमन्त्रीको कारण संसदीय समितिमा विवाद चर्कियो, सांसदहरूबीच बाझाबाझ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर सांसदहरू नै पक्ष र विपक्षमा उभिएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा तनाव उत्पन्न भएको छ । देउवाको अनुपस्थिति अनुचित भएको भनेर सभापतिले निर्णय सुनाउन लागेपछि कांग्रेस सांसद पुष्पा भुसालले संसदीय मर्यादा विपरीत भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेर संसदीय प्रणालीलाई बिथोल्न पाइँदैन भनेपछि विवाद चर्किएको हो । लगत्तै एमाले सांसद […]

सम्बन्धित सामग्री

सर्वधर्म सम्प्रदायको पात्रो लेख्ने पञ्चाङ्ग निर्णायक समितिमा एकल जातीय वर्चस्व

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम अहिलेको ग्याल्पो ल्होसारको बिदाबारेको विवाद राजनीतिक भएको बताए । विभिन्न समुदायमा पनि फरक फरक समूह तथा गुट भएका कारण समुदायले मनाउने पर्व तथा बिदा विवादित हुने गरेको उनको तर्क छ ।

पोखराको न्यायिक समितिमा छिमेकीदेखि मेयरविरुद्ध समेत उजुरी

२४ भदौ, पोखरा । गत आर्थिक वर्षमा पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी प¥यो । विषय थियो, छिमेकी घरको बलेंसीबाट चुहिने पानीले दुःख दिएको । दुई छिमेकीबीच बलेंसीबाट चुहिने पानीकै कारण बेमेल भएपछि विवाद महानगरसम्म पुगेको थियो । महानगरको न्यायिक समिति अभिलेख प्रशासक सोम लम्सालका अनुसार मापदण्डअनुसार नै संरचना बनाए पनि कहिलेकाहीं ठूलो पानी पर्दा बलेंसीबाट […]

मेलमिलापकर्ताको क्षमता बढाउन शुरू

कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्‍याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अघि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालीम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यमबाट न्याय प्रदान गर्न मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने काम शुरू गरिएको नगर उपप्रमुख कल्पना जोशी पन्तले बताइन् । ‘न्यायिक समितिमा आउने विवाद दर्ता गरिसकेपछि सीधै मेलमिलापका लागि वडामा सूचीकृत मेलमिलापकर्ता कहाँ पठाउने कार्य हुन्छ,’ उनले भनिन्, ‘मेलमिलाप हुन नसकेका विवादलाई वडाका मेलमिलापकर्ताले सीधै न्यायिक समितिमा सिफारिश साथ पठाउनेछ, वडाबाट समितिमा पठाइएका विवाद समाधान नभए सम्बन्धित निकायमा पठाउँछौं ।’ यसअघि विवादको छिनोफानो न्यायिक समितिमार्फत हँुदै आएको थियो । ‘मेलमिलापकर्तालाई कोरोना संक्रमणका कारण विगत वर्षमा पुनर्ताजगी तालीम दिन नसक्दा क्रियाशील पार्न सकेका थिएनौं,’ नगर उपप्रमुख पन्तले भनिन्, ‘तालीमका माध्यमबाट क्षमता अभिवृद्धि गरी विवाद छिनोछानो गर्ने तौरतरीका, ऐन कानूनबारे जानकारी दिई सक्षम बनाउने काममा जुटेका छौं ।’ नगरप्रमुख रणबहादुर महराले न्यायिक समितिले क्षेत्राधिकारबारे प्रष्ट भएर विवादको छिनोछानो गरे न्यायसम्पादनको काम सहज हुने बताए । रासस

गाउँपालिकाको केन्द्र सारेपछि विवाद

काठमाडौं । गाउँपालिकाको केन्द्र बनाउन सम्पूर्ण पूर्वाधार हुँदाहुँदै शक्ति र पहुँचको आडमा अन्तै स्थानान्तरण गर्ने प्रयत्न गर्दा महाशिला गाउँपालिकामा विवाद भएको छ । पर्वतको साविकको गाउँ विकास समितिमा संघीयता लागू भएपश्चात लुँखुलगायत अन्य ६ गाविसलाई मिलाएर महाशिला गाउँपालिकाको केन्द्र परिवर्तन गरियो । स्थानीयका अनुसार महाशिलामा एउटा ठूलो ढुंगा (शिला) छ । त्यस शिलाका कारण सो […] The post गाउँपालिकाको केन्द्र सारेपछि विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा एसका अधिकांश एमालेसँग मिल्नुपर्ने पक्षमा तर नेतृत्व अन्यत्र व्यस्त

एमालेबाट विभाजन भएको डेढ वर्षपछि नेकपा एकीकृत समाजवादी (एस) पार्टीभित्र विवाद देखिएको छ । नेकपा एसले पार्टी एकीकरण र सहकार्यका लागि बनाएको वार्ता टोलीकै कारण विवाद देखिएको हो । वार्ता समितिमा रहेका पार्टी महासचिव वेदुराम भुसाल अल्पमतमा परेपछि विवाद भएको हो ।

भुवनका ८ सल्लाहकार, निर्णय सधैं विवादित

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा फेरि मुछिएका छन् ।अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्म

अब प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, विवाद समाधानको लागि बन्यो समिति

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र केवलको तार काट्न थालेपछि उत्पन्न समस्या समाधान गर्नको लागि समिति गठन भएको छ । नेपाल विद्युत प्राधिकरण, संचार मन्त्रालय र उर्जा मन्त्रालयबीच आज भएको छलफलमा विवाद समाधान गर्नको लागि समिति बनाउने निर्णय भएको हो ।  सञ्चार मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहको संयोजकत्वमा ६ सदस्यी समिति गठन गरिएको हो । समितिका सदस्य सचिवमा सहसचिव अनुप नेपाललाई तोकिएको छ । समितिमा उर्जा मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केवुल व्यवसायी र इन्टरनेट व्यवसायीको प्रतिनिधित्व रहने छ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नबुझाएको भन्दै इन्टरनेट र केबुल सेवा प्रद्यकको लाइन काट्न थालेपछि विवाद बढेको हो । पोलको भाडा नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट रटिभी केबुल सेवा प्रदायकका लाइन काटेको थियो ।  तर उपभोक्ताको अधिकार नै हनन भएको र अत्यावश्यक सेवामा  अवरोध पुर्याएको भन्दै ब्यापक जनविरोध भएपछि हाल प्राधिकरण पछि हटेको छ ।  प्राधिकरणले बक्यौता नतिर्ने सेवा प्रदायकको तार सांकेतिक रुपमा काटिएको तर अब भने नकाटिने र काटिएको पनि जोडिने बताएको छ ।  प्राधिकरणले एकतर्फी रुपमा पोलको भाडा बढाएको भन्दै सेवा प्रदायकले तिर्न अस्विकार गर्दै आएका छन् ।  इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) भने यहि मुद्दा लिएर सर्वोच्च समेत गएको छ  । अदालतले आज नै विद्युत प्राधिकरणलाई  कारण देखाउ आदेश जारी गरेको छ ।  न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले पोलको बढाउनुको कारण माग गर्दै छलफलका लागि बोलाएको छ । आइस्पानले अन्तरिम आदेश माग गरेको भएपनि सर्वोच्चले अहिले कारण देखाउ आदेश मात्र जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।

अझै टुंगिएन नियमावली मस्यौदा :: Pahilopost.com

काठमाडौंः प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावलीको मस्यौदाको आज पनि टुंगो लागेन। मस्यौदा तयारीका लागि बनाइएको दुबै संसदीय समितिमा तीनवटा विवादका कारण टुंगो नलागेको हो। फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने अथवा नगर्ने, संसदीय समितिको संख्या कति राख्ने विषयमा विवाद जारी रहेको छ। बिहिवारको बैठकमा थप एउटा विषयमा विवाद