काठमाडौं : अर्बपति विनोद चौधरी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरी चुनावी दौडधुपमा व्यस्त छन्। नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार रहेका चौधरी यतिबेला मतदाताको खेतबारीमा भेटिन्छन्। मतदाताको मन जित्न चौधरी गरिब झुपडी बस्तीमा रमाउने प्रयास गर्दैछन्। उनले मतदाताको झुपडीमा खाना खानेदेखि खेतबारीमा काम सघाइरहेको दृश्य देख्न सकिन्छ। चौधरीले सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम