लमजुङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको एक टोलीले शनिवार मनाङको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । बाढीपहिराका कारण मनाङमा पुगेको भौतिक क्षतिको निरीक्षणका लागि उहाँहरु मनाङ पुग्नुभएको हो ।
उहाँहरुसँगै पूर्व मन्त्री देवप्रसाद गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, उर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक अर्जुन थापा, र...