नेपालमा काम गर्दै आएका सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय कम्पनीहरूले इन्टरनेटको युगमा गुणस्तरीय सेवा दिन सके विश्वभरका ग्राहकसँग सहजै जोडिन र व्यवसाय विस्तार गर्न सकिने अनुभव सुनाए । नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको ‘टेक पिक नेपाल २०२४’ कार्यक्रममा केही प्रमुख सूचना प्रविधि कम्पनीका प्रतिनिधिहरूले ग्राहकका समस्या समाधानका उचित विकल्प प्रस्तुत गर्न सके कम्पनी र कर्मचारी कुन देशको हो भन्ने कुराले अर्थ नराख्ने जनाए । कुनै पनि कम्पनी एक ठाउँमा सीमित हुन आवश्यक नरहेको उनीहरूको भनाइ छ ।