हुलास स्टिलद्वारा गुणस्तरीय उत्पादनमा जोड

काठमाडौं । नेपाली स्टिल इन्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवम् लोकप्रिय कम्पनी हुलास स्टिल इन्डस्ट्रिजले गुणस्तरीय उत्पादनमा जोड दिएको छ । अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको हो । दैवीविपत्तिहरूबाट हुने भौतिक क्षतीलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन […]

सम्बन्धित सामग्री

आधुनिक प्रविधिमार्फत उत्पादन गर्दै हुलास स्टिल

काठमाडौं (अस) । हुलास स्टिल कम्पनीले आधुनिक प्रविधिमार्फत आफ्नो उत्पादन गर्दै आएको दाबी गरेको छ । हुलास स्टीलको अत्याधुनिक प्रविधिमार्फत उत्पादित सामग्रीले विकासका लागि महत्त्वपूर्ण टेवा पुर्‍याउँदै आएको कम्पनीले दाबी गरेको छ । ‘दैवी प्रकोपबाट हुने भौतिक क्षति न्यूनीकरण गराउन तथा आधुनिक, वैज्ञानिक एवं व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टीलले गुणस्तरीय उत्पादन उत्पादन गर्दै आएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संस्थाले पीईबी (प्रि–इन्जिनियर स्टील बिल्डिङ्स)को अवधारणामा रहेर आधुनिक, वैज्ञानिक एवं सुरक्षित रूपमा गुणस्तरीय निर्माणमार्फत ग्राहकवर्गलाई सेवासुविधा प्रदान गर्दै आएको बताएको छ । गोल्छा  अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा पीईबीको उद्यम गर्ने संस्थाको रूपमा हिप्को इन्फ्रा स्थापना गरिएको थियो । हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तरराष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत नियमित रूपमा मध्यमदेखि ठूला परियोजना (व्यावसायिक भवन, आवास, वेयर हाउस, शोरूम, स्टोर लगायत संरचना)को गुणस्तरीय निर्माण गर्दै आएको बताइएको छ ।