काठमाडौँः वरीयता मिचेर प्रहरी महानिरीक्षक (आइजिपी) बनाउँदा विवाद हुनसक्छ भनेर गृहमन्त्री बालकृष्ण खाणले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए। गृहमन्त्री खाण मात्र होइन कांग्रेसका केही शीर्ष नेताहरुले पनि वरिष्ठताको आधारमा आइजी नियुक्त गर्ने सुझाव देउवालाई दिइरहेका थिए।
तर आइतबार एकाएक मन्त्रिपरिषदले वरिष्ठता मिचेर एआइजी धीरजप्रताप सिंहलाई आइजी बनाउने निर्णय गर्यो।…