नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा स्थिर ब्याजदर र लगानीयोग्य रकमको सम्बोधन गर्दै मौद्रिक नीति ल्याएको छ । केन्द्रीय बैंकले ब्याजदर स्थिर बनाउन स्प्रेड रेटमा ०.५ प्रतिशतले कमी गरेको छ भने ब्याजदर करिडोरको सीमा पनि साँघुरो बनाएको छ । त्यति मात्र नभई सीआरआर र एसएलआर घटाएर बेस रेटमा समेत कमी गर्न खोजेको छ ।