टर्की पठाइदिने भन्दै १२४ जनाबाट ४ करोड रुपैयाँभन्दा बढी ठग्ने पक्राउ
वैदेशिक रोजगारीमा टर्की पठाउने भनी ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौँ,२३ असार । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ । कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क […]
काडमाडौं : पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ३५ लाख ५० हजार रूपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाइदिन्छु भनेर नक्कली कागजातसमेत दिएर ८ जनालाई ठग्ने काठमाडौंको बालुवाटारका हाल टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ३५ वर्षका रोहित प्रजापति भनिने रोजित श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।तनहुँ बन्दीपुर गाउँपालिका-२ घर भई हाल काठमाडौं म्हेपी बस्दै आएका सुकमाया गुरुङसँग चिनजान गरी श्रेष्ठले बालुवाटारमा संयुक्त नेपाल
सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षी
काठमाडौं, २ भदौ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ एक पुरुष पक्राउ परेका छन् । अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका- ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पाँचथर तुम्बेवा गाउँपालिका […]
काठमाडौं : क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट डेढ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घरभई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।सर्लाही लालबन्दी नगरपालिका ७, रानीगञ्जका यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।अधिकारीले राम्रो कम्पनीमा काम लगाइद
काठमाडौं । ‘युरोप पठाइदिन्छु’ भनेर ठगी गर्ने चितवन राप्ती नगरपालिका–३ घर भएका भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३६ वर्षीय राईलाई काठमाडौँबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने राईले पोर्चुगल, लाटभिया र युक्रेन पठाइदिन्छु भनेर १९ लाख ४७ हजार ठगेको अपराध महाशाखाले जनाएको छ ।सोह्रखुट्टेमा ग्रान्डी ग्लोव होलिडेज प्रालि नामक कन्सल्टेन्सी चलाउने राईले ठगेको भन्दै तेह्रथुम फेदाप गाउँपालिका घर भएक
भद्रपुर (झापा) : अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। उनले चिट्ठामा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै लाखौँ ठगी गरेको प्रहरीले बताएको छ।पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पंकज पौडेली विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए। उनले विभिन्न व्यक्तिलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पैसा हाल्न लगाएर लाखौँ ठगी गरेका अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। पीडितहरूले महानगरीय अपराध महाशाखा काठमाडौंमा ज
सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामबलीकुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि...
सामाजिक सञ्जाल फेसबुकमा 'जब भ्याकेन्सी'को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा 'जब भ्याकेन्सी' नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खड्कालाई आवश्यक कारवा...