क्यानडा पठाइदिन्छु भन्दै डेढ करोड ठग्ने पक्राउ

काठमाडौं : क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट डेढ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घरभई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।सर्लाही लालबन्दी नगरपालिका ७, रानीगञ्जका यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान  कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।अधिकारीले राम्रो कम्पनीमा काम लगाइद