नेपालको मौलिक उत्पादन छुर्पी अर्थात् निकासीको भाषामा ‘डग च्यू’को निकासी पछिल्ला वर्षहरुमा निरन्तर वृद्धि भइरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट २ अर्ब २६ करोड ७० लाख रुपैयाँबराबरको डग च्यू अर्थात् छुर्पी निर्यात भएको छ । यो निकासी गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो […]