काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेताहरूलाई अवसर नपाउँदा अर्को पार्टीमा जान थालेको गुनासो गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिमा स्वार्थ हावी हुन थालेको बताएका हुन्। ‘अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ। आफूले पाएको छैन भने अनुहारै अँध्यारो। पाइहाल्यो भने छोइनसक्नु हुन्छन्। आफूलाई ठुलो ठान्ने। एकपटक पाउँदा त्यो ठिक। अरूले एक पटक मात्रै पाउन थाल्यो भने त्यसलाई सकरात्मक रुपमा नलिने। राजनीतिमा य