सार्वजनिक जग्गाको ड्राइभिङ सेन्टरमा महानगरको डोजर

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर चलाएको छ । १६ नम्बर वडाका एक जनप्रतिनिधिका अनुसार विष्णुमती नदीको जग्गा उकास क्षेत्रलाई ओगटेर गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टर चलिरहेको थियो । महानगरका एक कर्मचारीका अनुसार यसअघि उक्त ड्राइभिङ सेन्टर अनुमति विना सञ्चालन भइरहेको, सार्वजनिक जग्गा ओगटेर बसेको भए […]

सम्बन्धित सामग्री

कांग्रेस नेताको दाइले अतिक्रमण गरेको जग्गामा महानगरको डोजर लागेन

काठमाडौं, १४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै […]

धोबीखोला किनारमा महानगरको डोजर

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि अहिले त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीको भागदौड भएको छ । काठमाडौं महानगरपालिकाको डोजरले खोला किनार आसपासमा अतिक्रमित संरचना भत्काउन थालेपछि त्यहाँका टहरामा व्यापार गर्दै आएका व्यवसायीले अहिले धमाधम आफ्नो सामान अन्य ठाउँमा सार्न थालेका हुन् । महानगरपालिकाको डोजरले आफूले व्यापार गर्दै आएको […] The post धोबीखोला किनारमा महानगरको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ।  शुक्रबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ। अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले निर्माण गरेका टहरा तथा पर्खाल भत्काएको छ।

काठमाडौं महानगरको डोजर आज बानेश्वरमा चल्यो (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको संसद् भवनदेखि थापा गाउँको मन्दिरसम्म सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

बानेश्वर क्षेत्रमा महानगरको डोजर

राजधानीको बानेश्वर क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रवार डोजर चलाएको छ । महानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना डोजर चलाएर हटाएको हो । जसअनुसार नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ। यस्तै नेश्वर चोकको आकाशे पुल आसपासका पसल पनि कटाइएको छ ।  महानगरपालिकाले यसअघि दर्जनौँ स्थानका अवैध संरचना हटाइसकेको छ । महानगरपालिका मेयर बालेन शाहलगायतका जनप्रतिनिधिको सक्रियतामा अवैध संरचना हटाउन थालिएको हो

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। काठमाडौँ महानगरले पछिल्लो समय […]

बालाजु क्षेत्रमा पनि चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो । महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।उनकाअनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो । महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।

कोटेश्वरमा महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना डोजर लगाएर हटाउन थालेको छ । फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरू बाध्य भएको पाण्डेले बताए । अहिले कोटेश्वर […]

कोटेश्वरमा महानगरको डोजर

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ । फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको पाण्डेले बताए । […]

फेवातालको रिटेनिङ वाल भत्काउन पुगेको महानगरको डोजर भुँइ खोस्रेर फर्कियो!

पोखरा : फेवाताल किनारमा लगाइएको रिटेनिङ वाल भत्काउन गएको पोखरा महानगरको डोजर भुइँ खोस्रेर फर्किएको छ। चौतर्फी विरोधपछि मेयर मानबहादुर जिसीको ठाडो आदेशमा वाल भत्काउन पुगेको डोजर रित्तो हात फर्किएको छ। पोखरा १८ खपौंदीस्थित फेवाकिनारमा लगाइएको रिटेनिङ वाल भत्काउन पुगेको बाक्लो सुरक्षा दलबल र स्थानीयबीच हात हालाहालै हुन पुग्यो। स्थानीयले डोजरमाथि चढेर विरोध जनाए पनि प्रहरीले बल प्रयोग गरेरै अघि सरेर वाल भत्काउन थालेको थियो। यद्यपि, वाल लगाउन ल्याएको ढुंगा मात्रै जफत गरेर डोजर फर्किएको छ। ज