काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित भएका छन् भने एक हजार १८३ जनाको मृत्यु भएको छ। पछिल्ला केहीदिन यता भारतमा दैनिक संक्रमित बढिरहेका छन् । बुधबार भारतमा २ लाख संक्रमित भएका थिए । संक्रमितको संख्या बढेपछि दिल्लीमा विकेन्ड कर्फ्यु लगाइएको छ ।