गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या

– विमलबहादुर विष्ट, डोटी, १६ असार: जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ ÷७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् […]

सम्बन्धित सामग्री

सुरक्षित गर्भपतन कानुनबारे महिला नै बेखबर

सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सरकारले थुप्रै कानुनी व्यवस्था गरेपनि यसबारे महिला नै बेखबर रहेको पाइएको छ। कानुन बनाए पनि स्थानीय तहसम्म यसबारे जानकारी गराउने संयन्त्र प्रभावकारी नभएका कारण यस्तो अवस्था आएको हो। सुरक्षित गर्भपतन सेवा निःशुल्क हुन्छ भन्नेबारे पर्याप्त जानकारी नहुँदा महिलामा फार्मेसीमा गएर आफूखुशी औषधि सेवन गर्ने र यसरी औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आएपछि मात्रै सुरक्षित गर्भपतन सेवा केन्द्रसम्म जाने प्रवृत्ति बढेको छ।

६ महिनामै जन्मियो स्वस्थ बच्चा !

काठमाडौं : नेपालमा २८ हप्तासम्म गर्भपतन गर्न पाउने कानुनी व्‍यवस्था छ। तर, २८ हप्तामा गर्भपतन गर्नु हत्या जस्तै हुने भन्दै यस विषयमा धेरै स्त्रीरोग विशेषज्ञहरूले बेलाबेलामा यो कानुन संशोधन गर्नुपर्ने बताइरहेका छन्।चिकित्सकहरूले भनेझैँ चाबहिलस्थित ओम अस्पतालमा २७ हप्तामा स्वस्थ बच्‍चा जन्मिएको छ।एक महिनाअघि कपनकी निलम गुरुङ गर्भवती भएको २७ हप्ता मात्रै भएको थियो। उनलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो, त्यसपछि उनी नियमित परीक्षण गर्दै आएका वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा प्राडा जागेश्वर ग