सुरक्षित गर्भपतन कानुनबारे महिला नै बेखबर

सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सरकारले थुप्रै कानुनी व्यवस्था गरेपनि यसबारे महिला नै बेखबर रहेको पाइएको छ। कानुन बनाए पनि स्थानीय तहसम्म यसबारे जानकारी गराउने संयन्त्र प्रभावकारी नभएका कारण यस्तो अवस्था आएको हो। सुरक्षित गर्भपतन सेवा निःशुल्क हुन्छ भन्नेबारे पर्याप्त जानकारी नहुँदा महिलामा फार्मेसीमा गएर आफूखुशी औषधि सेवन गर्ने र यसरी औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आएपछि मात्रै सुरक्षित गर्भपतन सेवा केन्द्रसम्म जाने प्रवृत्ति बढेको छ।