न्युयोर्क सिटीको मेयर छान्नका लागि भएको मतदानको मतपरिणाम आउन सुरु गरेको छ । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको छ । सन् १९६९ मा २३ लाख ९० हजार मत खसेकोमा यसपटक २१ लाखभन्दा बढी मत खसेको छ । अहिलेसम्मको मतपरिणाम यस्तो छ: जोहरान माम्दानी: ४८६,७४१ एन्ड्रयु कुमो : ३९६, १७७ कुर्टिस शिल्वा […]
१९ कात्तिक, काठमाडौं । बायर्न म्युनिखका लुइस डियाजले पेरिस सेन्ट–जर्मेन (पीएसजी)का डिफेन्डर अचरफ हाकिमीविरुद्ध खराब ट्याकल गरेका छन् ।
पहिलो हाफको इन्जुरी समयमा भएको ट्याकलपछि मैदानमा लडेका हाकिमी पीडामा देखिएका थिए। त्यसपछि उनी अन्य खेलाडीको सहयोगमा …
अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना भएको छ। मङ्गलबार बेलुकी युपिएस कार्गो विमान लुइसभिलको मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। उक्त दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ। एघार जना घाइते भएको पुष्टि भएको छ। तर, घाइते र मृतकको सङ्ख्या अझै बढ्न सक्ने केन्टकीका गभर्नर एन्डी बेशियरले बताएका छन्। यो विमान लुइसभिलस्थित […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ७५, आजु रातो (भारतीय) प्रतिकिलो रु ५०, आलु सेतो […]