युक्रेनका राष्ट्रपति भन्छन्- रुसले मिसाइल आक्रमण गर्‍यो

१२ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् । उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोभासमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभ र पूर्वी क्षेत्र डोनेट्स्कमा विष्फोटका आवाज सुनिएको समाचार सार्वजनिक […]

सम्बन्धित सामग्री

रुसले ‘मानवता विरोधी अपराध’ गर्‍यो: जेलेन्स्की

रुसले ‘मानवता विरोधी अपराध’ गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले लगातार मिसाइल आक्रमण गरिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै उनले भनेका छन्,‘रुसले अपनाएको आतंकको फर्मुलाले दशौँलाख मानिस ऊर्जाको आपूर्ति बिना बस्न बाध्य भएका छन्। पानीको आपूर्ति छैन। चिसोमा तापको स्रोत छैन।’ रुसले […]

युक्रेनलाई लक्षित गरी हानिएको मिसाइल पोल्याण्डमा खस्यो

युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गर्नुभएको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन । पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको बीबीसीले जनाएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई ग...

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले सोमवार बताउनुभएको छ । रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँकाे भनाइ छ ।  रुसले इरानमा बनेकाे कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेकाे छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भन्नुभएकाे छ ।  राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आ...

रुसद्वारा सोमबार बिहानै देखि युक्रेनको राजधानीमा निरन्तर मिसाइल आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा सोमवार बिहानै मिसाइल आक्रमण गरेको छ । आक्रमणको क्रममा भएका धेरैवटा विस्फोटनमा मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्। युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको बिबिसीले उल्लेख गरेको छ।  कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो। बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन्। आक्रमण अझै जारी रहेको बताईएको छ । बिबिसीक  अनुसार ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन्। यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो। आक्रमणपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेन र युक्रेनी जनतालाई पृथ्वीबाट नै समाप्त पार्न खोजेको बताएका छन् । उनले सबैलाई घर भित्र रहन पनि आग्रह गरेका छन्।

रुसले युक्रेनको एक सपिङ मलमा आक्रमण गर्दा १६ जनाको मृत्यु, थुप्रै घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको क्रेमेनचुक शहरस्थित शपिङ मलमा मिसाइल आक्रमण गर्दा १६ जना मानिसको मृत्यु भएको छ । साेही घटनामा थुप्रै मानिस घाइते भएका छन् । मिसाइल प्रहारका कारण शपिङ मलमा भीषण आगलागी समेत भएको छ । मिसाइल आक्रमण गरिंदा उक्त शपिङ मलभित्र १ हजार सर्वसाधारण रहेको बुझिएको छ । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीेले […]

युक्रेनको सपिङ मलमा मिसाइल आक्रमण : १६ जनाको मृत्यु, कयौं घाइते

रसियाले युक्रेनको एक सपिङ सेन्टरमा मिसाइल प्रहार गरेको छ। मिसाइल प्रहारबाट कम्तीमा १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ भने ५० जना बढी घाइते भएका छन्। घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ। क्रेमेन्चुक सहरमा रहेको सपिङ मलमा आक्रमणको समयमा एक हजार जना मानिसहरु रहेको युक्रेनका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले जनाएका छन्।…

युक्रेनको ओडेसा शहरको आवासीय भवनमा रुसी मिसाइल आक्रमण

काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको मृत्यु भएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रनेको मारियुपोल लडिरहेको युक्रेनी सेनाको अन्तिम दस्तालाई पनि नछोड्ने हो भने रुससँगको शान्तिवार्ता टुंग्याउने चेतावनी दिएका […]

युक्रेनको आकाश हवाई निषेधित क्षेत्र बनाउन युक्रेनी राष्ट्रपतिको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो गठबन्धनलाई युक्रेनको आकाश हवाई निषेधित क्षेत्र बनाउन पुनः आग्रह गरेका छन्। एक भिडियो सन्देशमा युक्रेनी आकाश हवाई निषेधित क्षेत्र नबनाए रूसी रकेट नेटो सहयोगी देशमा समेत खस्ने भन्दै जेलेन्स्कीले हवाई निषेधित क्षेत्रका लागि पुनः आग्रह गरेका हुन्।युक्रेनको यभोरिभ सैन्य प्रशिक्षण केन्द्रमा रुसले मिसाइल आक्रमण गरेपछि जेलेन्स्कीको यस्तो आग्रह गरेका हुन्। उक्त आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। १३४ जना घाइते भएका छन्। प्रशिक्षण केन्द्र नेटो सदस्य रा

रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मिसाइल हमला भएको रिपोर्टको पुष्टि गरेका छन्। उनले रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको बताए । युक्रेनका विभिन्न सहरबाट आक्रमणको खबर आइरहेको छ । राजधानी कीभमा हवाई आक्रमणको साइरन बज्यो। जताततै अराजकता छ । सडकमा विपरित […]