कार्लो एन्सेलोट्टी रियलको नयाँ प्रशिक्षक

काठमाडौं। कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनी एभर्टनसँगकाे सम्झाैता नसकिँदै रियल जान लागेका हुन्। जिनेदिन जिदानले राजीनामा दिएपछि रियलको प्रशिक्षक पद खाली भएको थियो। एन्सेलोट्टी सन् २०२४ सम्म रियलमा रहनेछन् । यसअघि उनी २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। एन्सेलोट्टीले रियल मड्रिड र एसी मिलानबाट गरी ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फाइनल: 'फाइनलको मज्जा लिने हो'

कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल । अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन । जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ ।

लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेज एभर्टनमा

एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफेल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनका ६१ वर्षे बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन्। रियाल मड्रिडका प्रशिक्षण सम्हालिसकेका बेनिटेजले प्रिमियर लिगमा पछिल्लो पटक न्युक्यासल युनाइटेड सम्हालेका थिए। त्यसपछि उनी चीनको डालियन प्रोफेसनल एफसी गएका थिए। कार्लो एन्सेलोट्टी रियाल मड्रिड गएपछि एभर्टनमा प्रशिक्षकको पद खाली भएको थियो।