केही महिना यता चलायमान बनेको धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनीमा फेरि कोरोना भाइरसको त्राससँगै सुनसान बन्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा परेको हो ।केही हप्ताबाट पर्यकनहरूको आगमन निकै कम भएको लुम्बिनी विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमणले प्रभाव पार्दा सरकारले हवाई यात्रामा प्रतिबन्ध लगाएको थियो भने विश्वका धेरै मुलुकले यात्रामा रोक लगाएका थिए । यसको सिधै असर लुम्बिनी परेको लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिका