निकै भीडभाड हुने कार्यालय सुनसान बन्दै

दाङ : निकै भीडभाड हुने सरकारी कार्यालयहरू हिजोआज सुनसान हुन थालेका छन्। कुनै पनि काम गर्दा २-३ दिनसम्म लाग्ने मालपोत कार्यालय तुलसीपुरमा भने सेवाग्राही सेवा लिन कमै मात्रामा आउने गरेका छन्।पछिल्लो समय देशमा भएका आर्थिक मन्दीका कारण सेवाग्राही सेवा लिन आउने क्रम घटिरहेको कार्यालयले जनाएको छ। करिब एक महिनादेखि मालपोत कार्यालय सुनसान हुँदै आएको कार्यालयका प्रमुख कर्णबहादुर नेपालीले बताए।उनका अनुसार आर्थिक मन्दीका कारण सुनसान भएको हुनसक्छ। आर्थिक मन्दीका कारण अहिले जग्गा खरिद बिक्रीको कारोबार खासै न

सम्बन्धित सामग्री

कोरोना कहर बढ्दै : सुनसान बन्दै पर्यटकीय स्थल

सुनसरी । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् । केही महीना अघिदेखि चलायमान देखिन थालेका पर्यटकीय क्षेत्र पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि सुनसान हुन थालेका हुन् । कोरोना महामारीको सन्त्रास बढ्दै गएपछि सरकारले गरेको कडाइका कारण प्रदेशका पर्यटन गन्तव्यहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएको छ । सुनसरी, मोरङ, तेह्रथुम, धनकुटाका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः हुँदा सम्बद्ध व्यवसायी चिन्तित छन् । हरेक समय पर्यटकको भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै वराह क्षेत्र–विजयपुर र इलामको कन्याममा अहिले पर्यटक आगमन ठप्प छ । होटल व्यवसाय बन्द भएपछि दैनिक लाखौंको आम्दानी गुमेको व्यवसायी बताउँछन् । कोरोनाको पहिलो र दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र अहिले पुनः तेस्रो  लहरले थप मारमा परेको उनीहरूको गुनासो छ । सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिएका थिए । धनकुटा होटल एसोसिएसनमा १३० होटल आबद्ध छन् । सामान्य अवस्थामा यहाँका होटलमा दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको संघले बताएको छ । कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबास समेत बन्द भएको छ । नाम्जेमा सञ्चालित होमस्टे गतवर्ष नेपालकै उत्कृष्ट भएर पुरस्कृत भएको थियो । कोरोनाकै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, वराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् । इटहरीको पर्यटकीय स्थल तालतलैयामा एक सातायता पर्यटक घटेका छन् । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटक आगमन घटेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रशासनले अनुरोध गर्दै आएको छ । भीडभाड हुने क्षेत्रहरू सञ्चालन नगर्न सूचना जारी गरेलगत्तै पर्यटकीय क्षेत्रमा पर्यटकीय चहलपहलमा कमी आएको छ । बन्दाबन्दीका कारण गतवर्षको ९ महीना पर्यटन व्यवसाय प्रभावित भएकोमा अब पनि लकडाउन भए धराशयी हुने व्यवसायी बताउँछन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत प्याकेज नल्याएसम्म लकडाउनको कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ । सरकारले संक्रमण फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन पुस २७ गते निर्देशन जारी गरेसँगै पर्यटकीय क्षेत्रमा चहलपहल घट्न थालेको हो । कोरोना कहर र सरकारको निर्देशनका कारण तालतलैया क्षेत्रमा पर्यटकीय गतिविधि ठप्पप्रायः बनेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल बताउँछन् ।

सुनसान बन्दै पशुपतिनगर नाका, पलायन हुन थाले व्यापारी

इलाम : केही वर्ष अघिसम्म भीडभाड हुने पूर्वी पहाडको एक मात्र नाका पशुपतीनगर अहिले सुनसान छ। भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यपारीले कारोबार गर्ने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यात रोक्दा व्यापरिक कारोबार घटेको हो। सशस्त्र युद्धअघि भारततर्फ सुकियामा भन्सार कार्यालय सञ्चालन हुँदा सो नाका हुँदै पूर्व...

सदरमुकाम रित्तिँदै, गाउँ भरिँदै

दसैंको दिन नजिकिँदै गर्दा जिल्लाका बजार सुनसान बन्दै गएका छन् । बजार आउने किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । विशेष गरी घटस्थापनादेखि बजारको भीडभाड कम हुँदै गएको हो ।