सिजन सकिएसँगै सगरमाथा क्षेत्र सुनसान, लुक्ला विमानस्थलमा पनि यात्रुको चाप घट्यो

साेलुखुम्बु - विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र सिजन सकिएसँगै अहिले सुनसान बनेको हो । विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने ठाउँ सुनसान भएका छन् । पर्यटनको सिजनमा व्यस्त भएका पर्यटन व्यवसायीहरु यतिखेर भने फुसर्दिला भएका छन् ।  फुर्सद भएसँगै अहिले आराम गर्ने, घुमफिरमा जाने गरेको होटल व्यवसायी याङ्जी शेर्पाले बताउनुभयो । सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पूजापाठमा व्यस्त भएका...