सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका बस्ती जोखिममा परेका छन् । अहिले सशस्त्र प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ ।
सप्तकोसी नदी कटानको प्रभावित क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिका– ८, मेखबारीमा बाँध निर्माण गर्न सुरु गरिएको छ । सप्तकोसी नदीले धार परिवर्तन गर्दै मानव बस्ती र खेतीयोग्य जमिनतिर सोझिएपछि बाँध निर्माण...
१ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु […]
उदयपुर– उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको […]
मोरङ – प्रदेश १ सरकारले सप्तकोसी नदीको कटानबाट प्रभावित भएका पीडितका लागि राहत सामग्री उपलब्ध गराएको छ। बुधबार उदयपुरको बेलका नगरपालिकामा कटान गर्दै नदी बस्तीमा पसेपछि स्थानीय डुबानमा परेका थिए। घटनासँगै प्रभावित क्षेत्रमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक व्यवस्था तथा पूर्वाधारमन्त्री हिमाल कार्की पुगेका थिए। घटनाको स्थलगत निरीक्षण गरेसँगै प्रदेश सरकारमार्फत बिहीबार […]
काठमाडौँ । सप्तकोसी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्बिर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन । […]
काठमाडौँ । सप्तकोसी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रूपमा छिटो स्थानान्तरण […]
सप्तकोसी नदीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ वडामा कटान र डुबान बढ्दै छ । उक्त क्षेत्रमा झन्डै तीन सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको...
अनुगमन गरेकै भोलिपल्टदेखि बेलका नगरपालिकाका बिभिन्न कोसी पीडित वडामा तटबाँध निर्माणको काम सुरु भएको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए। उनका अनुसार बाढी पीडित क्षेत्र, कोसीले कटान गर्न थालेका बिभिन्न ठाउँमा सशस्त्र प्रहरी, प्रहरी, जनप्रतिनिधि ...