काठमाण्डाै – भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सेनाका अवकाशप्राप्त डाक्टर पनि उपचारमा खटिने भएका छन् । त्यहाँको रक्षा मन्त्रालयले स्वास्थ्य प्रणाली कमजाेर बन्दै गएकाले सेनाका अवकाशप्राप्त चार सय जना डाक्टरलाई सेवामा खटाउने तयारी भएको जनाएको हो ।
उनीहरुलाई ११ महिनाका लागि नियुक्त गरी उपचारमा खटाउने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोनाको संक्रमण नियन्त्रण भन्दा बाहिर छ । गएको २४ घण्टामा तीन लाख ६६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने तीन हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।
...