काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ । उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ । यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकल...