कञ्चनपुर : बेलौरी नगरपालिका १ का सीमा क्षेत्रका किसानले जग्गाधनी प्रमाण पत्र भएको जग्गामा दुई दशकदेखि खेती लगाउन पाएका छैनन्। पाँच दशकदेखि चलनभोग गर्दै आएको जग्गामा भारतीय सुरक्षाकर्मीको अवरोधका कारण खेतीपाती गर्न नपाएका हुन्। स्थानीय करन सुनार, मान बहादुर सुनार र खडक तिरूवाले कमाउँदै आएको जग्गामा खेती गर्न नपाएका हुन्।२०२८ सालदेखि चलनभोग गरी आएको जग्गा विसं २०५७ मा भारतीय सुरक्षाकर्मीले भारततर्फ पर्ने भन्दै खेतीपाती गर्न नदिएको हो। स्थानीयले २०३९ सालमा जग्गाको जग्गाधनी पुर्जा पाएका थि