काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदले शिक्षालाई पूर्ण बनाउने बताएका छन्। मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्य आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन्। उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए।उनले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातगोडा र मनलाई क्रियाशील र अनुशासित बनाउ