आगामी निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ७ वटा रणनीति तयार गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको १० बुँदे संक्षिप्त राजनीतिक प्रतिवेदनमा आगामी चुनावका लागि ७ वटा रणनीति अघि सारेका हुन् । राष्ट्रिय राजनीतिक एजेण्डाका आधारमा हेर्दा पार्टी पहिलो स्थानमा रहेपनि गणितीय संख्याका कारण तेस्रो बनेको भन्दै प्रचण्डले अबको निर्वाचनमा भने अग्रगामी विचार, संगठन, शक्ति र नेतृत्वको तादम्यता गराएर पार्टीलाई बलियो बनाउने प्रतिवेदनमा बताएका छन