काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।त्यस्तै बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित