अनलाइन सेवा प्रणालीमा जोडिँदै त्रिभुवन विश्वविद्यालय

काठमाडौं : नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन माध्यमबाट सेवा दिन थालेको छ। अनलाइन सेवामा त्रिवि गएसँगै घण्टौँ लाइन बस्नुपर्ने विद्यार्थीहरूको बाध्यता विस्तारै हट्दै गएको छ।त्रिविले पछिल्लो समयबाट परीक्षा फारम अनलाइन माध्यमबाट भर्ने व्यवस्था गर्न थालेको छ। मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा फारम अनलाइन माध्यमबाट खुलाइको छ।अहिले परीक्षार्थीहरू धमाधम अनलाइनबाट परीक्षा

सम्बन्धित सामग्री

त्रिविको अनलाइन सेवा : ‘विश्वास लाग्दैन’ भन्दै कार्यालयमै धाउँछन् विद्यार्थी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनलाइन सेवा शुरु गरेको एक महिना नाघेको छ। इतिहासमै पहिलोपटक त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गते अनलाइन सेवा शुरु गरेको थियो तर अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुगेपछि वेबसाइट चलेन।फेरि त्रिविले सेक्युरिटी अडिट कार्य सम्पन्न भएको भन्दै फागुन ६ गते आइतबारदेखि अनलाइन सेवा पूर्ण रूपमा सञ्चालन भएको जनाएको थियो। तैपनि वि

सञ्चालनमा आयो त्रिविको अनलाइन सेवा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अनलाइन सेवा फेरि सञ्चालनमा ल्याएको छ। पनिकाले ह्याक भएको वेबसाइट प्राविधिक अवरोध हटाएपछि हिजो (आइतबार) अनलाइन सेवा पुन:सञ्चालनमा आएको जनाएको हो।‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा दिइने सेवाहरू यही मिति २०८० माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट संचालन गरिएकोमा प्राविधिक कारणले गर्दा केही समय अनलाइन माध्यम बन्द रहेकोले २०८० माघ २८ गतेदेखि सूचना प्रवाह संचालन भए

त्रिविले भन्याे : दबाब र हतारमा अनलाइन सेवा थाल्दा ह्याक भयाे

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दबाबका कारण हतारमा अनलाइन सेवा थाल्दा वेबसाइट ह्याकको समस्या निम्तिएको जनाएको छ। पनिकाको आइटी विभागले हतारमा अनलाइन सेवा छिटो थाल्नुपर्ने दबाब आउँदा सुरक्षित ढंगले सेवा सुरु गर्न नपाइएको बताएको हो।आइटी विभाग प्रमुख दीपकबहादुर शाहीका अनुसार आगामी नयाँ वर्षदेखि व्यवस्थित ढंगले अनलाइनबाट सेवा दिने योजना थियो। ‘तर,छिटो अनलाइन थाल्नुपर्ने भनेर दबाब आयो, अझै पनि ती मागका ब्यानरहरू देख्नु भएकै होला गेटमा, आन्दोलन गर

त्रिवि पनिकाले नियन्त्रणमा लियो वेबसाइट, देखिन थाल्यो सूचना

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट ह्याक भएको लामो समयपछि सूचना देखिन थालेको छ। पनिकाको वेबसाइट (tuexam.edu.np) खोल्दा अहिले माघ २४ गते जारी भएको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना देखिएको छ।उक्त सूचनाबाहेक थप अरू केही देखाएको छैन। यसअघिसम्म अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको थियो। त्रिविले यही माघ १५ गते अनलाइन सेवा सुरु गरेको थियो।त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस

‘ह्याक’ भएको ५ दिनसम्म पनि बनेन त्रिवि पनिकाको वेबसाइट

१९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट 'ह्याक' भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार (१५ माघ)बाट त्रिवि  अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन 'ह्याकर'ले …

त्रिविको ‘डेटा’ सुरक्षामा चुनौती : सुरक्षित नबनाए अझै ‘ह्याक’ हुने जोखिम

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले इतिहासमै पहिलोपटक माघ १५ गतेदेखि अनलाइन सेवा शुरु गर्‍याे। त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटर क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दियो।अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै त्रिविको परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको न

त्रिविबाट यसरी लिन सकिन्छ अनलाइन सेवा, प्रमाणपत्रदेखि पुनर्योगसम्म

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ। त्रिविले सूचना जारी गरी प्रक्रियाबारे जानकारी दिएको छ। अनलाइन सेवा लिन पहिला tuexam.edu.np मा log in गर्नेुपर्ने छ। त्यसपछि Certificate link मा click गर्ने। Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्नेुर्ने छ।त्रिविले अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्ब

माघ १५ गतेबाट अनलाइन सेवा थाल्ने त्रिविकाे निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भएको छ ।परीक्षा नियन्त्रण कार्यलय बल्खुले यहि माघ १५ गतेदेखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने भएको हो । त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको आज बसेको बैठकबाट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, […]

सामाजिक सुरक्षा कोषमा कमजोर सर्भरले हैरानी

काठमाडौं । सामाजिक सुरक्षा कोषको सर्भरमा समस्या देखिन थालेको छ । लाभग्राही बढ्दै जाँदा पछिल्ला दिनमा समस्या देखिन थालेको हो । यसले गर्दा उपचारका लागि अस्पताल जाने योगदानकर्ता प्रभावित बन्न थालेका छन् । उनीहरूले दाबी गर्न नपाएको गुनासो गरेका छन् ।  सोमवार बानेश्वरका विजय नेपाल उपचारका लागि पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल पुगेका थिए । उनले सामाजिक सुरक्षा कोषबाट दाबी गरी डाक्टरको सिफारिशअनुसार औषधि लिन खोज्दा पाएनन् । उनलाई फार्मेसीका कर्मचारीले सर्भरमा समस्या भएको भन्दै मागदाबी नगरी औषधि लिन आग्रह गरे । उनी औषधि पछि लिने भन्दै रित्तै हात फर्के । यस्तै समस्या गत बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा सेवा लिन पुगेका योगदानकर्ताले पनि भोग्नुपरेको थियो । सर्भरमा समस्या आएको भन्दै सेन्टरले उपचारपछि औषधि दिन नमानेको योगदानकर्ता रमेश शर्माले बताए । उनीहरुले जस्तै अरू धेरैले यस्तै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।  कोषको सर्भरमा पछिल्ला दिनमा बारम्बार समस्या आउन थालेको र कहिले दिनभर समस्या हुने अस्पतालहरूले बताउन थालेका छन् । यसबाट लाभग्राही प्रभावित बनेका छन् । कोषमा सहभागीको संख्या अपेक्षित रुपमा बढ्न नसके पनि पहिलेको तुलनामा अहिले धेरै छ । कोषका अनुसार मङ्सिर ३० सम्म १८ हजार ५०४ प्रतिष्ठानमा कार्यरत औपचारिक क्षेत्रका करीब ४ लाख ६६ हजार श्रमिक कोषको सामाजिक सुरक्षा योजनामा सहभागी भएका छन् । वैदेशिक रोजगारीमा गएका, अनौपचारिक क्षेत्र, स्वरोजगार गरी योगदानकर्ताको संख्या ९ लाख ८५ हजार पुगेको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सकिने व्यवस्था छ । यसले कोषको कार्यक्षेत्रलाई व्यापक बनाएको छ । कोषले आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार देशभरका ७१ ओटा अस्पतालबाट सामाजिक सुरक्षा योजनाका योगदानकर्ताले उपचार सेवा पाउँछन् । कोषका अनुसार काठमाडौंका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रलगायतसँग कोषले सम्झौता गरेको छ । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्छ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा योगदानकर्ता पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषको दाबी भए पनि त्यही सुविधा लिन अहिले योगदानकर्तालाई समस्या पर्न थालेको हो । कोषको सर्भरमा पछिल्ला दिनमा बारम्बार समस्या आउन थालेको र कहिले दिनभर समस्या हुने अस्पतालहरूले बताउन थालेका छन् । सामाजिक सुरक्षा ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ । ऐनमा उल्लिखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा ल्याइएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको सुविधामा ओपीडी र आईपीडीअन्तर्गतका सम्पूर्ण उपचार खर्च दाबी बेहोर्ने कोषको स्किम छ । त्यसअन्तर्गत योगदानकर्ता घरमै बसी वा अस्पताल गएर लिने चिकित्सकको परामर्श सेवा, रोगको परीक्षण तथा सम्पूर्ण उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च, महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नीको नियमित गर्भ परीक्षण र ६ हप्तासम्मको सुत्केरी उपचार खर्च, जन्मेदेखि ३ महीनासम्मको बच्चाको उपचार खर्च दाबी गर्न पाउँछन् ।  त्यस्तै प्रसूति बिदा (सुविधा) बापतको रकम दाबी, बिरामी बिदा (सुविधा) बापतको रकम दाबी, प्रसूति स्याहार खर्च दाबीसमेत गर्न पाउने व्यवस्था छ । यो स्किमभित्र सीमा निर्धारण गरिएको छ । ओपीडी सेवा लिनेले १ आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको अस्पतालमा भर्ना भएर गरिने बाहेकको उपचार खर्चमध्ये कोषबाट ८० प्रतिशत रकम प्राप्त गर्न सक्ने व्यवस्था छ । बाँकी २० प्रतिशत रकम योगदानकर्ताले नै बेहोर्नुपर्छ । आईपीडी सेवा लिनेहरूले १ आर्थिक वर्षमा अधिकतम १ लाखसम्मको अस्पतालमा भर्ना भएर गरिने उपचार खर्चमध्ये कोषबाट ८० प्रतिशत रकम भर्ना भएको अस्पतालमा सीधै भुक्तानी हुने र बाँकी २० प्रतिशत योगदानकर्ताले नै बेहोर्नुपर्ने व्यवस्था छ । यी सबै मागदाबी अनलाइनबाटै लिनुपर्छ । सहभागीको संख्या केही बढ्दा कमजोर सर्भरका कारण सेवाग्राही मर्कामा पर्न थालेका हुन् । सामाजिक सुरक्षा कोषका अधिकारीहरू भने सर्भरमा बेलाबेलामा समस्या आउने र त्यसलाई सक्दो चाँडो समाधान गर्ने गरेको बताउँछन् । कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीका अनुसार हस्पिटल र कोषबीचको सर्भर एपीआईले कनेक्ट गरिदिएको त्रिपक्षीय सर्भरमध्ये एकमा मात्रै केही समस्या आयो भने पनि अवरुद्ध हुने गरेको बताउँछन् । ‘कोषको सर्भरमा समस्या आउने गरेको छ, त्यसलाई हामीले तत्काल हटाउन खोज्छौं । कहिलेकाहीँ समस्या पत्ता नलाग्दा सेवा अवरुद्ध हुने गरेको छ,’ पन्थीले भने, ‘सेवा अवरुद्ध हुने अर्को कारण हस्पिटलका सर्भरमा आउने समस्या पनि हो ।’ कोषले सफ्टवेयरमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगरेको उनको दाबी छ ।