नाराबाजी गर्दै सांसद गंगा चौधरी रोस्ट्रममा जान खोजेपछि..(तस्वीरहरू)

बुधबार एमाले सांसदहरुको नाराबाजीका वावजुत प्रतिनिधिसभामा राजनीतिक दलसम्वन्धी अध्यादेश प्रस्तुत भएको छ।

सम्बन्धित सामग्री

सांसद गंगा चौधरीको लिलाः सौतामाथिको विवाह नफावेपछि दिदीमाथि नै सौता

प्रतिनिधिसभाको वुधवार, २३ भदौको बैठकमा मर्यादापालकबीच घम्साघम्सी भएपछि नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा चर्चामा छिन् । सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि ...

प्रमुख प्रतिपक्षको नाराबाजीले संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण चल्न सकेन । सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै संसद्मा प्रमुख प्रतिपक्ष दलले नाराबाजी गरेर संसद् चल्न नदिएको हो । बैठकको शुरूमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको भन्दै संसद् चल्न नदिने बताए । ‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्य्राउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसद्मा हामी जोडदार रूपमा उठाउन चाहन्छौं,’ उनले भने । प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानून, नियम, विधि सारा विषय उल्लंघन गरिएको आरोप लगाए । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको थियो । एमालेले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका थिए । उनले एमालेले उठाएको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । एमाले सांसदहरूले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्काे शब्दमा बोलेका थिए । उनले सांसदहरूलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए । ‘माननीय सदस्यहरू देशमा संविधान छ, कानून छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसद्को गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’ पहिलो र दोस्रो बैठक एमाले सांसदहरूले अवरुद्ध गरे । १५/१५ मिनेट स्थगित गर्दै सभामुखले तेस्रो बैठक शुरू गरे । तेस्रोपटक सभामुखले जबरजस्ती बैठक चलाउन खोजेपछि एमाले झनै आक्रोशित बनेको थियो । सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरूलाई मर्यादापालकले रोके । त्यसक्रममा एमाले सांसद गंगा चौधरी भने रोस्टममै उक्लिने प्रयास गरेकी थिइन् । उनले गृहमन्त्री बालकृष्ण खाँडलाई जसरी पनि रोक्ने भन्दै रोस्टम चड्न खोजेपछि मर्यादापालकले रोकेका थिए । एमालेको निरन्तर अवरोधपछि संसद् बैठक आगामी शुक्रवारसम्म स्थगन भएको सभामुखले जनाउ दिएका थिए । संसद् अघि बढ्न नसक्दा बुधवारको कार्यसूचीमा रहेका दर्जनौं अध्यादेश सरकारले संसद्मा टेबल गर्न पाएन । एमालेकै अवरोधका कारण बुधवार बोलाइएको राष्ट्रिय सभा बैठकसमेत चल्न पाएन ।

सांसद गंगा चौधरी सत्गौवा रोस्ट्रममा जान खोजेपछि...

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला इकान्तिपुरका फोटो पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।