प्रमुख प्रतिपक्षको नाराबाजीले संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण चल्न सकेन । सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै संसद्मा प्रमुख प्रतिपक्ष दलले नाराबाजी गरेर संसद् चल्न नदिएको हो । बैठकको शुरूमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको भन्दै संसद् चल्न नदिने बताए । ‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्य्राउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसद्मा हामी जोडदार रूपमा उठाउन चाहन्छौं,’ उनले भने । प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानून, नियम, विधि सारा विषय उल्लंघन गरिएको आरोप लगाए । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको थियो । एमालेले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका थिए । उनले एमालेले उठाएको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । एमाले सांसदहरूले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्काे शब्दमा बोलेका थिए । उनले सांसदहरूलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए । ‘माननीय सदस्यहरू देशमा संविधान छ, कानून छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसद्को गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’ पहिलो र दोस्रो बैठक एमाले सांसदहरूले अवरुद्ध गरे । १५/१५ मिनेट स्थगित गर्दै सभामुखले तेस्रो बैठक शुरू गरे । तेस्रोपटक सभामुखले जबरजस्ती बैठक चलाउन खोजेपछि एमाले झनै आक्रोशित बनेको थियो । सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरूलाई मर्यादापालकले रोके । त्यसक्रममा एमाले सांसद गंगा चौधरी भने रोस्टममै उक्लिने प्रयास गरेकी थिइन् । उनले गृहमन्त्री बालकृष्ण खाँडलाई जसरी पनि रोक्ने भन्दै रोस्टम चड्न खोजेपछि मर्यादापालकले रोकेका थिए । एमालेको निरन्तर अवरोधपछि संसद् बैठक आगामी शुक्रवारसम्म स्थगन भएको सभामुखले जनाउ दिएका थिए । संसद् अघि बढ्न नसक्दा बुधवारको कार्यसूचीमा रहेका दर्जनौं अध्यादेश सरकारले संसद्मा टेबल गर्न पाएन । एमालेकै अवरोधका कारण बुधवार बोलाइएको राष्ट्रिय सभा बैठकसमेत चल्न पाएन ।

सम्बन्धित सामग्री

संघीय संसद् सुन चोरहरूको संसद् : पूर्वसभामुख ढुंगाना

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् सुन चोरहरूको संसद् बनेको बताएका छन्।मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरूको बनेको बताएका हुन्। उनले संसद् ठेकेदार, फटाहा र स्पन्सरहरूको बनिरहेको पनि बताए। उनले सबै भ्रष्टाचारीलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए।उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए। पार्टीले जनसेवी

जलवायु संसद् गठनको तयारी

नेपालमा जलवायुजन्य चुनौतीसँग लड्न संसद् र राजनीतिक नेतृत्वको भूमिका बढाउन ‘जलवायु संसद्’ गठन गरिने भएको छ।...

अब कार्यतालिकाअनुसार संसद्

प्रतिनिधिसभाले संसद् बैठक बस्ने दिनको कार्यतालिका बनाउन गृहकार्य गरेको छ।

संसद् 'हाइज्याक' भयाे : रवि लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् 'हाइज्याक' भएको बताउनुभएकाे छ । आज सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद् बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर 'हाइज्याक' गरेको आराेप लगाउनुभयाे । उहाँले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुसार संसद् बैठक चलाइएको दाबी पनि गर्नुभयाे । सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर...

२ पटक संसद् विघटन गरेका ओलीले भने-संसद् सफल भएको छ !

काठमाडौँ । दुई पटक संसद् विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् । वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुई पटक संसद् विघटन गरेका थिए । पछि पुनः स्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए । वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार […]

‘संसद् अवरोधले गैरदलीय प्रवृत्ति बढ्यो’

एकीकृत समाजवादीका नेता झलनाथ खनालले सनकको भरमा संसद् विघटन गर्ने र संसद् अवरोध भइराख्ने गरेकाले संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको बताएका छन्।...

एमालेले संसद् अवरुद्ध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]

संसद् पुनःस्थापनाः कतै दिपावली त कतै विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि कतै दिपावली त कही विरोध जनाइएको छ।...

सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने दाबी गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने बताए। उनले भने,‘यसअघि पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई […]

‘संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलकाे अलमलका कारण संसद् बैठक प्रभावकारी भएन’

काठमाण्डाै – परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षीलगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद् प्रभावकारी नभएको नभइ प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको हो ।  सरकार संसद्लाई बिजनेस दिन तयार रहेको मन्त्री ज्ञवालीकाे भनाइ छ । संसद्लाई सही ढङ्गले अगाडि लैजानका लाग...