शुक्रबार प्रतिनिधि सभाको दृश्य अरू बेलाको भन्दा फरक थियो । रोष्टममा अर्थमन्त्री जनार्दन शर्मा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक वाचन गरिरहेका थिए । संसद्को ड्यासको अग्रभागमा एमालेका सांसदहरू सभामुख विरुद्ध नाराबाजी गर्दै रोष्टममा उक्लिने प्रयास गरिरहेका थिए भने मर्यादापालकहरुलाई सांसदहरूको भीड रोक्न हम्मे परिरहेको थियो । एमाले सांसदहरू नाराबाजीमा मात्र सीमित रहेनन्, उनीहरू रोष्टममा पुग्नका लागि मर्यादापालकमाथि नै चढ्न थाले । सांसद गंगा चौधरी सभामुख आसिन रोष्टममा पुग्न मर्यादा