विभिन्न प्राकृतिक विपदबाट यसवर्ष ७३ जनाले अकालमै ज्यान गुमाएका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ । गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको एकिन विवरण आइसकेको छैन । प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणाल