नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता पारित भए नेपालमा विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बताएका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले एमसीसी सम्झौतामा भएका केही अनुसुसूचीहरु नेपालको संविधान र कानुनभन्दा माथि रहने भनिएकाले एमसीसी पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार चलाउने बताएका हुन् । ‘यो पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै सञ्चालन गर्नेछन्’ पोखरेलले सोही कारण बौद्धिक वर्गले एमसीसीलाई इ