काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि सुरू भएको छ। २५ गते कागतिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाईतिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ।उज्यालो पर्वको नामा चिनिने तिहारमा घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइन्छ। यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन्। कालजयी ती गीतहरु अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन्।नेपाली चलचित्रमा तिहारको प्रसङ्ग राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन्। चलचित्र ‘स्वर्ग’ मा स